स्थानीय तहको विपद् कोषमा एक करोड ८९ लाख संकलन

April 09, 2020

प्रेमनारायण आचार्य, अन्नपूर्ण पोष्ट, २७ चैत्र २०७६ 

सन्धिखर्क : अर्घाखाँचीका स्थानीय तह सहयोग संकलनमा जुटेका छन्। जिल्लाका ६ स्थानीय तहको विपद् व्यवस्थापन खातामा बिहीबारसम्म एक करोड ८९ लाख ७३ हजार २ सय ६७ रुपैयाँ संकलन भएको छ। स्थानीय पालिकाले राखेको विपद् व्यवस्थापन कोष र संघ संस्था, कर्मचारी र जनप्रतिनिधिको सहयोगबाट एक करोड ८९ लाख ७३ हजार २ सय ६७ रुपैयाँ संकलन भएको हो।

सन्धिखर्क नगरपालिकाको विपद व्यवस्थापन कोषमा ४० लाख २७ हजार १ सय ४७ रुपैयाँ जम्मा भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार विपद् व्यवस्थापन कोषको ३० लाख र कोरोना राहातको लागि प्राप्त सहयोग ५ लाख २७ हजार एक सय ४७ रुपैयाँ जम्मा भएको  हो।

शितगंगा नगरपालिकाको विपद्  व्यवस्थापन कोषमा नगरपालिकाको एकमुष्ठ ८० लाख र विभिन्न संघ संस्थाको सहयोग ३ लाख गरी ८३ लाख जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए। जनप्रतिनिधिको सहयोग रकम तथा संघ संस्थाको सहयोग आउने क्रममा रहेको उनले बताए। 

भसमिकास्थान नगरपालिकाको विपद  व्यवस्थापन कोषमा नगरपालिकाको २० लाख र विभिन्न क्षेत्रबाट आर्थिक सहयोग तथा कर्मचारी र जनप्रतिनिधिबाट भएको सहयोग गरी २३ लाख चार हजार पाँच सय सकंलन भएको प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले बताए। 

पाणिनि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा गाउँपालिकाको २५ लाख र अन्य सहयोग प्राप्त रकम गरी २६ लाख एक हजार रहेको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पन्थले बताए। 

मालारानी गाउँपालिकामा गाउँपालिकाको विपद कोषमा ६ लाख र कोरोना राहातमा जम्मा सहयोग रकम पाँच लाख ४१ हजार ५ सय २० गरी ११ लाख ४१ हजार ६ सय २० जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए। 

यसैगरी छत्रदेव  गाउँपालिकाको विपद् व्यवस्थापन खातामा ६ लाख ५० हजार संकलन भएको  गाउँपालिकाका प्रमुख प्रशासकयि अधिकृत खिमानन्द भुसालले बताए।

स्रोत: http://annapurnapost.com/news/152775

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More