स्थानीय तहमा वित्तीय पहुँच पुगेन

February 19, 2018

प्रकाश नेपाल, आर्थिक अभियान, फागुन ७, २०७४

पाल्पा । स्थानीय तहको निर्वाचनको समयमा सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने भनियो । तर, दलहरूले निर्वाचनमा गरेका घोषणा अहिलेसम्म पनि कार्यान्वयन हुन नसक्दा सास्ती खेप्नुपरेको जनगुनासो आएको छ । आठ गाउँपालिका रहेको पाल्पाको गाउँपालिका केन्द्रमा बैङ्किङ सुविधा नपुगेको कारण सर्वसाधारणदेखि स–साना आयोजनाका उपभोक्ता समितिका पदाधिकारी बैङ्किङ कारोबारका लागि सदरमुकाम तानसेन नै आउनुपर्ने बाध्यता छ ।

सरकारले स्थानीय तहको निर्वाचनलगत्तै सबै गाउँपालिकाको केन्द्रमा बैङ्किङ पहुँच पु¥याउने उद्घोष गरे पनि निर्वाचन सम्पन्न भएको ६ महीना बितिसक्दासम्म रैनादेवी गाउँपालिकाको केन्द्रमा मात्र निजीक्षेत्रको वाणिज्य बैङ्कको शाखा खोलिएको छ । गाउँपालिकाभित्र १ लाखदेखि डेढ करोडसम्मका आयोयोजना सञ्चालित छन् । तर, उपभोक्ता समितिलाई रकम भुक्तानी दिँदा तानसेनस्थित वाणिज्य बैङ्कको चेक काटिदिनुपरेको माथागढी गाउँपालिकाका अध्यक्षा सन्तोष थापाले बताए । उपभोक्ता समितिलाई मात्र नभई सर्वसाधारणलाई समेत अप्ठ्यारो भएको उनको भनाइ छ । ‘भौगोलिक विकटता छ । सबै वडाहरू सुगम पनि छैनन्,’ उनले भने, ‘अर्कोतर्फ हिजो स्थानीय तहको संरचना निर्माणको क्रममा पनि त्रुटि भएको हो ।’ बैङ्कको शाखा स्थापना ‘आकाशकै फल’ भएको माथागढी गाउँपालिका–१ का वडाअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

रिब्दीकोट, रम्भा, पूर्वखोला, बगनासकाली, निस्दी, पूर्वखोला र रूपन्देहीसँगै सिमाना जोडिएको तिनाउ गाउँपालिकासम्मका उपभोक्ताले अहिलेसम्म बैङ्किङ सुविधा पाउन नसकेको सम्बन्धित गाउँपालिकाका अध्यक्षहरू बताउँछन् । गाउँपालिकाका केन्द्रमा बैङ्किङ सुविधा पुग्ने भए पनि सुरक्षा तथा इण्टरनेटको समस्या, भौगोलिक विकटता लगायत कारण गाउँमा पुग्न नसकिएको बैङ्क सञ्चालकहरू बताउँछन् । निस्दी गाउँपालिकाको केन्द्र मित्यालमा अहिलेसम्म विद्युत् विस्तार हुन नसक्दा मोबाइल फोनको पहुँचसमेत नपुगेको स्थानीयवासीको गुनासो छ ।

पूर्वखोला गाउँपालिकाको केन्द्र पूर्वखोलामा विद्युत्, मोबाइल फोनको सुविधा भए पनि सुरक्षाको भरपर्दो माध्यम नभएकोले बैङ्किङ सेवा नपुगेको हो । सरकारले सबै गाउँपालिका केन्द्रहरूमा बैङ्किङ पहुँच पु¥याउने भन्ने तर, पूर्वाधार तयार नगर्दा समस्या भएको निजीक्षेत्रका वणिज्य बैङ्कका शाखा प्रबन्धकहरूको भनाइ छ ।

स्रोत: www.abhiyan.com.np/2018/02/19/181394 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More