News

स्वास्थ्य चाैकीमा औषधी अभाव , गाउँमा भाइरलका विरामी वढदै

February 27, 2018

हेमन्त के सी, नयाँ पत्रिका, फागुन १५, २०७४ 

यहाँको दुर्गम पहाडामुलसाम र मुलसाममा भाईरलका विरामी वढिरहेका छन् ।

गाउँमा विरामी वढेपनि सामुदायिक स्वास्थ्य चौकी मुलसाममा औषधी नहुँदा उपचारमा समस्य भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्लाको बारेकोट गाउँपालिका वडा ३ का दुई गाउँमा औषधीको हाहाकार भएको हो ।

लिस्मा स्वास्थ्य चौकीवाट औषधी नलिदा समस्य भएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहले वताउनुभयो ।

गाउँ गाउँमा विरामीको चाप छ तर स्वास्थ्यमा औषधी नहुँदा समस्य भएको स्थानीय दिपेन्द्र मावि मुलुसामका शिक्षक भुमिलाल रोकायलेबताए ।

एकै घरमा भाईरलका चार जना बिरामी भएको कारण निकै समस्य भएको उनले जानकारी गराए ।

सामुदायिक स्वास्थ्य चौकीमा विरामी भएपनि औषधी अभावका कारण उपचार हुन सकेको छैन ।

मुलसामवाट लिम्सा स्वास्थ्य चौकीमा आउन ६ घण्टा भन्दा बढि लाग्ने गर्दछ । अपठ्यारो वाटोका कारण आउन जान मात्र दुई दिन लाग्ने गर्दछ ।

यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामवहादुर नेपालीले तुरुन्त औषधी पठाउने बताए पनि हाल सम्म औषधी नआएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्रोत: www.enayapatrika.com/2018/02/27/27727/