१० महिनामा एक हजार आठ सय उद्योग दर्ता

June 13, 2017

नेपाल खबर , ३० जेठ २०७४ 

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा एक हजार ८१९ उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्षको १० महिनामा एक हजार आठ सय १९ उद्योग दर्ता भएको हो। उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल) ले जानकारी दिइन।

विसं २०७३ साउनमा ३५३, भदौमा ३५१, असोजमा १७२, कात्तिकमा १५७, मङ्सिरमा १६९, पुसमा १४४, माघमा १३९, फागुनमा १६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएको छ। ‘देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो’, उनले भनिन्। संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ।

सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ। उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ।

स्रोत: http://nepalkhabar.com/np/news/business/17271/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More