१३ वर्षपछि लक्ष्यभन्दा कम मूल्य बृद्धि

August 22, 2017

सेतोपाटी , ०६ भाद्र २०७४ 

आर्थिक वर्ष २०७३÷०७४ मा गएको ११ वर्षमा सबैभन्दा  थोरै वार्षिक औसत उपभोक्ता मुद्रास्फीति कायम भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिकमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा सीमित भएको छ। यो गएका १३ वर्षमा लक्ष्यभन्दा कम दरको उपभोक्ता मुद्रास्फीति पनि हो।
गत वर्ष सरकारले ७ दशमलब ५ प्रतिशतको बृद्धिदर कायम राख्ने लक्ष्य लिएको थियो।

अघिल्लो वर्ष सो त्यस्तो मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६१÷६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो ।

राष्ट्र बैंकले अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण गत वर्षको उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बताएको छ।

गत वर्ष घ्यू तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायात लगायतका समूहको वार्षिक औसत मूल्यमा कमी आएकोले पनि समग्र उपभोक्ता मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकको आँकलन रहेको छ।

गत वर्ष गैर खाद्य तथा सेवा क्षेत्रको मूल्य बृद्धि ६.५ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूह बृद्धिदर १.९ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार घ्यू तथा तेलको मूल्यमा ६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ५.५ प्रतिशत र तरकारीको मूल्यमा २.५ प्रतिशतले कमी आएको छ।

स्रोत: setopati.com/kinmel/banking/76815

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More