३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

September 27, 2017

विष्णु बेल्वासे, नागरिक दैनिक, १० असोज २०७

काठमाडौं- नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।

३० वर्षे सेवा अवधिको व्यवस्था हटाउने निर्णय सञ्चालक समितिले गरेको र लोक सेवा आयोगसँग रायसुझाव मागिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सोमबार नागरिकलाई बताए । ‘आइतबार बसेको सञ्चालक समिति बैठकले ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ,’ उनले भने, ‘सुझाव लिनका लागि लोकसेवा आयोगमा पठाएको छ ।

साथै, उक्त बैठकले ३० वर्षे सेवा अवधि हटाउँदा पर्ने प्रभाव न्यूनीकरणका लागि आवश्यक सुझाव पेस गर्न सञ्चालक समितिका सदस्य रामजी रेग्मीको नेतृत्वमा एक समिति गठन गरिएको छ । ‘३० वर्षे सेवा अवधि हटाउँदा नयाँ कर्मचारीको वृत्ति विकासमा न्यून असर पु¥याउने उपायको खोजी गरिनेछ,’ समितिका एक सदस्यले भने, ‘समितिको एकमात्रै उद्देश्य ३० वर्षे सेवा अवधि हटाउँदा पर्ने असरलाई कसरी कम गर्न सकिन्छ भन्ने नै हो ।’
३० वर्षे सेवा अवधि हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका साथै उक्त समितिले राष्ट्र बैंकको संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।
राष्ट्र बैंकको संरचनालाई संघीयता अनुसार परिमार्जन गरेर पनि कर्मचारीको वृत्ति विकासमा असर पर्न नदिने योजनासहित ३० वर्षे सेवा सीमा हटाइएको प्रवक्ता पौडेलले बताए ।
३० वर्षे सेवा अवधि सम्बन्धमा राष्ट्र बैंकले आधा दर्जनभन्दा बढी समिति गठन गरी अध्ययन गरिसकेको छ । ती सबैले ३० वर्षे सेवा अवधि खारेज गरेर ५८ वर्षे उमेर हद लागू गर्न सुझाव दिएका थिए ।  
२०६० सालअघिसम्म सेवा अवधिको व्यवस्था एकै कायम थियो । तर, सरकारले पा“च वर्षको लागि २०५७ सालमा ल्याएको वित्तीय क्षेत्र सुधार कार्यक्रमका कारण केन्द्रीय बैंकका कर्मचारीको सेवा अवधिमा दोहोरो मापदण्ड अपनाइएको थियो ।

३० वर्षे सेवा अवधि हटाउन नहुने पक्षमा कर्मचारी संघ, संगठन उभिएका छन् । उनीहरुले ३० वर्षे कार्यकाल हटाउन नहुने बताउँदै आएका छन् । मंगलबार (आज) गभर्नर चिरञ्जीवी नेपाल र डेपुटी गभर्नरको कार्यकक्षमा धर्ना दिने कार्यक्रम रहेको कर्मचारी संघका एक प्रतिनिधिले बताए । ‘व्यवस्थापनले एकलौटी निर्णय गरेको छ, त्यसकारण हामीले आन्दोलन सुरु गरेका छौंं’, उनले भने, ‘कर्मचारीलाई पर्ने मर्काबारे बोल्ने र स्पष्ट धारणा राख्ने योजना स्वरुप मंगलबार धर्ना दिने कार्यक्रम रहेको छ ।’
मुलुकको केन्द्रीय बैंकभित्र कर्मचारीको सेवा अवधि कति राख्ने भन्ने विवाद सुरु भएको लामो समय भएको छ । नयाँ कर्मचारीले सेवा अवधि ३० वर्ष मात्र हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन् भने पुरानाको अडान ५८ वर्षमा अवकाश दिनुपर्छ भन्ने छ ।

स्रोत: 

http://www.nagariknews.com/news/27797/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More