५ प्रदेशमा सौर्य, दुईमा जलविद्युत्

February 22, 2018

भीम गौतम, कारोबार, बिहिवार, फाल्गुन १०, २०७४

राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले तयार गरेको योजनामा जलविद्युत्भन्दा सौर्य ऊर्जालाई प्राथमिकतामा दिइएको छ । आयोगले देशका ७ प्रदेशमध्ये ५ प्रदेशमा सौर्य ऊर्जा र २ प्रदेशमामात्र जलविद्युत्लाई प्राथमिकतामा राखिएको छ ।   राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले तयार गरेको योजनामा जलविद्युत्भन्दा सौर्य ऊर्जालाई प्राथमिकतामा दिइएको छ ।

आयोगले देशका ७ प्रदेशमध्ये ५ प्रदेशमा सौर्य ऊर्जा र २ प्रदेशमामात्र जलविद्युत्लाई प्राथमिकतामा राखिएको छ ।   आयोगले २ खर्ब लगानीमा सबै स्थानीय तहमा ६९४.२ मेगावाट बराबरको ऊर्जा  उत्पादन गर्नेगरी कार्ययोजना तयार पारेको छ । योजनामा जलविद्युत्, सोलार, बायोमास र वायु ऊर्जाबाट उत्पादन हुने ६ सय ९४ मेगावाटमध्ये ४ सय ८१ मेगावाट सोलारबाट उत्पादन गर्ने उल्लेख छ । योजनाअनुसार प्रदेश–१ मा ११७.८ मेगावाट, प्रदेश–२ मा १३० मेगावाट, प्रदेश–३ मा १०५.१० मेगावाट, प्रदेश–४ मा ८१.९० मेगावाट, प्रदेश–५ मा ९९.९० मेगावाट, प्रदेश–६ मा ७६.५० र प्रदेश–७ मा ८३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमध्ये प्रदेश नम्बर १ मा सोलारबाट ७१ मेगावाट र जलविद्युत्बाट ४३ मेगावाट, प्रदेश नम्बर २ मा सोलारबाट १२७ मेगावाट उत्पादन गर्ने लक्ष्य राखिए पनि जलविद्युत्बाट कुनै लक्ष्य राखिएको छैन । यस्तै, प्रदेश नम्बर ३ मा सोलारबाट ७० मेगावाट र जलविद्युत्बाट २६.४ मेगावाट, प्रदेश नम्बर ४ मा सोलारबाट ५८ मेगावाट र जलविद्युत्बाट २२.४ मेगावाट तथा नम्बर ५ मा सोलारबाट ८५ मेगावाट र जलविद्युत्बाट १२.६ मेगावाट उत्पादन हुनसक्ने योजनामा उल्लेख छ । प्रदेश प्रदेश नम्बर ६ मा सोलारबाट ३३ मेगावाट र जलविद्युत्बाट ४३ मेगावाट र प्रदेश नम्बर ७ मा सोलारबाट ३७ मेगावाट र जलविद्युत्बाट ४४.९ मेगावाट विजुली उत्पादन हुने योजनामा उल्लेख छ । नेपाल विद्युत्् प्राधिकरणको सहायक इन्जिनियरिङ परामर्शदाता कम्पनीबाट तयार पारिएको अध्ययन प्रतिवेदनले सबै स्थानीय तहमा एक मेगावाटभन्दा कम क्षमताका ७ सय ५३ आयोजनाहरू सञ्चालन गर्नुपर्ने उल्लेख छ । यीमध्ये ४ सय ८१ आयोजनाबाट ४ सय ८१ मेगावाट सोलारबाट,  २ सय २१ आयोजनाबाट १९२.६ मेगावाट जलविद्युत्बाट तथा ५० आयोजनाबाट २०.४ मेगावाट बायोमासबाट विद्युत् उत्पादन गर्ने योजना छ । सबै तहमध्ये एकमात्र ओखलढुंगाको चिखांखुगढी गाउँपालिकाबाट ०.२ मेगावाट वायु ऊर्जा उत्पादन हुने उल्लेख छ । आयोगका तत्कालीन सदस्य अरविन्दकुमार मिश्रको संयोजकत्वमा रहेको अध्ययन समितिले परार्मशदाता कम्पनीको सहयोगमा १७ हप्ताभित्रै प्रतिवेदन तयार पारेको राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिए । हालै तयार पारिएको योजनामा सबै स्थानीय तहमार्फत अघि बढाउने योजनाका लागि विद्युत् उत्पादनका लागि १ खर्ब ४८ अर्ब १३ करोड लागत रहने उल्लेख छ । यस्तै, वितरण र प्रसारणका लागि २ खर्ब १ अर्ब रुपैयाँ लागत लाग्ने उल्लेख छ भने योजना अघि बढाउनका लागि सरकारले ७५ अर्ब बराबरको भायबिलिटी ग्याप फन्डिङको व्यवस्थाबाट ७५ अर्ब दिनुपर्ने उल्लेख छ । योजनाअनुसार यो रकममध्ये सोलारका लागि ६९.३५ प्रतिशत, जलविद्युत्का लागि ३०.६३ प्रतिशत र बायोमासका लागि ९.९२ प्रतिशत अनुदान दिनुपर्नेछ । सबै स्थानीय तहबाट अघि बढाउने योजना पाँच वर्षभित्र पूरा गर्ने गरी कार्यान्वयनका लागि आयोगले सिफारिस गरेको तत्कालीन आयोग सदस्य डा. मिश्रले जानकारी दिए । प्रतिवेदनमा सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरेर स्थानीय तहको सहभागिता र अनुदान एवं न्यून ब्याजको ऋण व्यवस्थापन गरी अघि बढाउन सुझाव दिइएको छ । हालै गठन भएको प्राधिकरणको सहायक कम्पनीले पहिलो कामको रूपमा ल्याइएको योजनामा ५३० ओटा सबस्टेसन निर्माण गर्नुपर्ने तथा ७ हजार ८ सय २८ किलोमिटर बराबर प्रसारण र वितरण लाइन बनाउनुपर्ने देखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले जानकारी दिए । 

स्रोत: https://karobardaily.com/news/development/2612

Newsletter

Submit your details below to receive Newsletters

Newsletter