६ करोडका २४ योजना, बजेट जती प्रायः मठमन्दिरमा

December 10, 2019

पुष्कर भण्डारी, नागरिक, मङ्सिर २३, २०७६ 

डडेल्धुरा- स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत डडेल्धुरामा २४ वटा योजना छनौट गरिएका छन्। प्रतिनिधी सभा एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यस चालु आर्थिक वर्षमा २४ वटा योजना छनौट गरी पाँच करोड ९२ लाख ५० हजार रकम विनियोजन गरिएको छ।

कुल बजेट ६ करोड अन्तर्गत ७ लाख ५० हजार प्रशासनिक खर्च कटौती गरी २४ वटा योजनामा पाँच करोड ९२ लाख ५० हजार विनियोजन गरिएको हो। प्राय मठमन्दिरका योजना छनौट गरिएका छन् भने धेरै योजना एउटै स्थानमा समेटी एकीकृत रुपमा बजेट विनियोजन गरिएको छ। करिब ६ करोडका योजनामा दुई करोड बढी रकम विभिन्न मठमन्दिरका शिर्षकमा बजेट विनियोजन गरिएको छ।  

छनौट गरिएका योजनाहरु मध्ये सबै भन्दा बढी बजेट जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा एक करोड ४६ लाख रुपैयाँ छ। सबै भन्दा कम बजेट भागेश्वर गाउँपालिकामा ६० लाख विनियोज गरिएको छ।

अमरगढी नगरपालिकाको उग्रतारा वेदविद्याश्रम भवन, योग तथा ध्यान केन्द्र निर्माण, बालमन्दीर अनपा–६, शिद्धनाथ मन्दीर चम्साल अनपा–३, कनखोला मन्दीर सुनेडा अनपा–४, कालिका र पूर्णागीरी मन्दीर अनपा–५, समैजी कैलपाल मन्दीर कोटकाणे अनपा–६ गरी ५० लाख रकम छ। यस्तै शसस्त्र प्रहरी व्यारेक शौचालय निर्माण १० लाख, अनपा–२ को पोरेपखान देवता मन्दीर पर्खाल निर्माण १० लाख, अनपा–६ को समैजी वजाडी छचोडा मन्दीर, दुधधारी समैजी मन्दीर निर्माण १५ लाख, अनपा–१० को रावल टोल, साउद टोल र किमौलामा भडार सिँचाई योजना १० लाख, अनपा–९ झुकाल गाउँको शहस्त्रलिङ्ग मन्दीर भान्साघर एवं पर्खाल निर्माण १५ लाख, अनपा–१ को महेश्वरी मन्दीर घेरबार एवं लटेश्वर आधारभूत विद्यालय घेरबार निर्माण १० लाख, शल्लेश्वरगाड मल्ला चुच्चाईथला रिठेगाड गौनेला सडक निर्माण १० लाख र  अनपा–२ को शेरावृखम चौडलीकोट कडारागांउ खानेपानी योजना एवं आईत काडे खानेपानी योजना १६ लाख गरी जम्मा १ करोड ४६ लाख रकम विनियोजन गरिएको छ।

भित्रीमधेश जोगबुडाको परशुराम नगरपालिकामा खानेपानी योजना परशुराम धाम, राधाकृष्ण मन्दीर, कृष्ण मन्दीर, शिद्धनाथ गोरा मन्दीर, शिद्ध भगवती प्रावि सिमलवण्ड र शिद्ध वैजनाथ प्रावि जजोलाको भौतिक पूर्वाधार विकास योजनामा ५० लाख, परशुराम–८ करेनीको महादेव प्रावि भवन निर्माण १० लाख, परशुराम–१२  तुलाभाडीको शैलेश्वरी मावि भवन निर्माणका लागी १० लाख गरी परशुराम नगरपालिकामा कुल ७० लाख रकम बजेट विनियोजन गरिएको छ।

आलिताल गाउँपालिका–२ को गैरा गांखेत सडक र अशिग्राम मन्दीर, शंकर केदार आधारभूत विद्यालय वाडा नं. ६ झरकाडामा ५० लाख, आलिताल–४ को कृष्णकालिका मावि भवन निर्माणमा २० लाख गरी कुल ७० लाख रकम छ।
गन्यापधुरा गाउँपालिकाको गौलीगांउ खानेपानि योजना र सजीवाटा तटबन्ध निर्माण कोराल ५० लाख। शिखर मन्दीर गन्याप छाना निर्माण एवं मर्मत र लटेश्वर प्रावि मर्मत १६ लाख ५० हजार, मटेला घोरेटो बाटो र अशिग्राम मावि घेरबार निर्माण १६ लाख र मलेलुमा खोला ह्युमपाईप निर्माण १५ लाख गरी जम्मा ९७ लाख ५० हजार रकम छ।

नवदुर्गा गाउँपालिका–२ को तल्लो आङडी गाडा कुलो मर्मत र तल्लो आङडी गाडा पोखरी निर्माण ३० लाख, २ कै थला सिँचाई पोखरी निर्माण १० लाख, मष्टाभगवती भाडीवन, भुमीराज मन्दीर निर्माण, कोटेली १५ लाख र ५ को दाडिम स्लेलेख सडक निर्माण १० लाख गरी जम्मा ६५ लाख छ।

भागेश्वर गाउँपालिकाको भागेश्वर मन्दीर निर्माण धुरा, मंगलेश्वर प्रावि भवन निर्माण मण वोगटा, कैलपाल आधारभूत विद्यालय न्यालेक घेरबार र पिपलखेत तटबन्ध निर्माण वडा नं. ४ डुङरी ५० लाख र एण्डी प्रकाश पार्क निर्माण एवं महादेव प्रावि लिम स्कुल घेरबार १० लाख गरी जम्मा ६० लाख।

अजयमेरु गाउँपालिका–६ को चेतना मावि राजुल, ३ को चनवेताल खेल मैदान निर्माण र भगवती मन्दीर मटेला, ४ को कटारी जगन्नाथ मन्दीर चिपुर गरी ५० लाख, २,३ को तल्ला नौलाकोटदेखि जयन्ती प्रावि हुँदै लोडा सडक १० लाख, १,२ को गुएली देवताको मन्दीर निर्माण, गुएली र कैलपाल देवता यज्ञशाला निर्माण गरी १४ लाख र १ को भुमीराज मन्दीर भंडारघर निर्माणमा १० लाख जरी जम्मा गरी ८४ लाख रकम विनियोजन गरिएको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/106840/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter