६ महिनामा पौने १९ लाख हवाई यात्रु

September 12, 2017

कारोबार आर्थिक दैनिक, २७ भाद्र २०७४ 

नेपालमा उडान गर्ने २७ अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०१७ को पहिलो ६ महिनामा १८ लाख ७३ हजार १ सय ९९ यात्रुलाई सेवा दिएका छन् । जुन गत वर्षकोभन्दा १३ प्रतिशत अर्थात २ लाख १२ हजार ४ सय १८ ले बढी हो । यो वृद्धिदर पछिल्ला वर्षहरूकै सबैभन्दा बढी हो ।   

सन् २०१६ को पहिलो ६ महिनामा १६ लाख ६० हजार ७ सय ८१ यात्रुलाई सेवा दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १६ हजार ४ सय ६९ उडान भएका छन् ।

कार्यालयका अनुसार सन् २०१७ को जनवरी महिनामा २ हजार ६ सय ६७ उडानमार्फत ३ लाख १८ हजार ८ सय ३८ यात्रुलाई सेवा दिएका छन् । त्यस्तैगरी फेब्रुअरी महिनामा २ लाख ६६ हजार १ सय ४३ हवाई यात्रु पुगेका छन् ।  

फेब्रुअरीमा २ हजार ५ सय ४९ उडान भएका छन् । मार्चमा भने २ हजार ९ सय ३२ उडान मार्फत ३ लाख ५३ हजार ८ सय ६२ लाख हवाई यात्रुले सेवा लिएका छन् । अप्रिलमा २ हजार ८ सय ७ उडानमार्फत ३ लाख ५६ हजार २ सय ६२ हवाई यात्रुले सेवा दिएका छन् । 

सन् २०१७ को ६ महिनामा हवाई यात्रु र उडान संख्या
महिना       यात्रु           उडान
जनवरी     ३,१८,८३८    २,६६७
फेब्रुअरी    २,६६,१४३    २,५४९
मार्च          ३,५३,८६२    २,९३२
अप्रिल      ३,५६,२६२    २,८०७
मे            ३,१५,३२३    २,८८५
जुन          २,६२,७७१    २,६२९

स्रोतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय

मे महिनामा ३ लाख १५ हजार ३ सय २३ हवाई यात्रुले सेवा पाएका छन् । जसमा २ हजार ८ सय ८५ उडान भएका थिए  । त्यस्तै, जुन महिनामा २ हजार ६ सय  २९ उडान मार्फत २ लाख ६२ हजार ७ सय ७१ हवाई यात्रु पुगेका थिए ।

सन् २०१६ मा अन्तर्राष्ट्रियतर्फ २७ हजार १ सय १८ उडान मार्फत ३५ लाख १० हजार ७ सय ४२ यात्रुले सेवा लिएका थिए । यसवर्षको हवाई यात्रु ट्रेन्ड हेर्दा ४० लाख भन्दा बढी हवाई यात्रु पुग्ने अनुमान विमानस्थल कार्यालयले गरेको छ । 

स्रोत: 

https://www.karobardaily.com/news/82268


 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More