६ महिनामा ६० लाख बढी राजश्व संकलन

January 25, 2019

नागरिक, १० माघ २०७५ 

रुकुम –  रुकुम (पश्चिम)को आठबीसको नगरपालिकाले  ६ महिनामा ६० लाख भन्दा बढी राजश्व संकलन गरेको छ। नगरपालिकाले गत साउन देखी पुससम्म ६० लाख ४५ हजार ७ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो। 

नगरपालिकाको कार्यालयबाट २० लाख ९९ हजार चार सय ७४ रुपैयाँ र वडा कार्यालयहरुबाट ३३ लाख ८५ हजार दुई सय ७४ रुपैयाँ राजश्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताएका छन। उनका अनुसार नगर अस्पताल र कर संकलन केन्द्रबाट  समेत राजश्व संकलन भएको छ। 

अहिलेसम्म अस्पतालबाट ३ लाख ३७ हजार ७ सय ७५ रुपैयाँ र कर संकलन केन्द्रबाट २ लाख २३ हजार दुई सय १५ रुपैयाँ राजश्व संकलन भएको निमित्त प्रशासकीय अधिकृत केसीले बताए। नगरपालिकाले विभिन्न सिफारीस, सेवा शुल्क, दर्ता तथा नविकरण, मालपोत,  लगायतका शिर्षकमा कर उठाउँदै आएको छ। संकलन भएको करले यहाँको आवश्यकता अनुसार विकास निर्माणको काम गरिने नगरपालिकाले बताएको छ। जिल्लाका ६ स्थानीय तहहरु मध्ये सबै भन्दा बढि राजश्व आफुहरुले नै संकलन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले दाबी गरेका छन।

सोर्त: https://nagariknews.nagariknetwork.com/news/67530/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More