८६ वर्षीया चन्द्रमायाले जितिन्

May 16, 2017

Karobar Daily, Rajendra Banset, 16th May 2017, Dhading

जिल्लाको थाक्र गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी बन्न सफल भएकी छन् । 

१२ वर्ष अघिबाट सामाजिक सुरक्षा-वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी हुन सफल भएकी हुन् । 

थाक्र गाउँपालिका वडा नं. ५ मा दलित महिलातर्फ विजयी भएकी उनले ४९५ मत ल्याउन सफल भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकले ४७३ मत ल्याउन सफल भएकी छन् । 

‘एमालेको सरकारले वृद्धवृद्धा, दलित र एकल महिलालाई भत्ता दिने कामको शुरुवाट गरेको थियो’, उनले भनिन्, ‘म पनि त्यही भत्ता खाँदै आएकी छु ।’यस वर्षको चुनावमा वडामा दुईजना महिला अनिवार्य गरी दलितलाई समेत कोटा छुट्याइएपछि उनी एमालेबाट चुनाव लडेकी थिइन् । 

उनले बुढेसकालमा सक्रिय भएर लागेको बताउँदै चुनाव अगाडि आफूले जित्ने पनि विश्वास गरेकी थिइन् । बुढेसकालमा समेत सक्रिय भएको भन्दै सबैले भोट दिएर आफूलाई जिताएकोमा उनले खुसी व्यक्त गरेकी छन् । 

 

Source: http://www.karobardaily.com/news/78313

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More