८८ फाइनान्स कम्पनी ३३ मा झरे

June 29, 2017

नागरिक दैनिक, असार १५, २०७४

वित्तीय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि फाइनान्स कम्पनीले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले चुक्ता पुुँजी ८० करोड रुपैयाँ पुर्याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि फाइनान्स कम्पनीहरु यो बाटो लागेका हुन् । 

मुलुकभर दुई वर्षअघि ८८ वटा फाइनान्स कम्पनी भएकामा अहिले ३३ मा झरेका छन् । यसमध्येका पनि धेरैजसो कम्पनीले मर्जर वा एक्विजिसनमा जाने निर्णय गरिसकेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘अहिलेसम्म मर्जर र एक्विजिसनमा जाने निर्णय गरेका फाइनान्स कम्पनी त्यसअनुसार गए १५ वटामा झर्ने देखिन्छ,’ गुडविल फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘फाइनान्स कम्पनी ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘घ’ वर्गका लघुवित्तसँग मर्जरमा जान सक्ने तर उनीहरुलाई खरिद गर्न नपाउने भएकाले पनि संख्या घटेको हो ।’ 

हाल सञ्चालनमा रहेका फाइनान्स कम्पनीमध्ये ५० प्रतिशतले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुुँजी पुर्याउन सक्ने अवस्था छैन । असार मसान्तसम्म गतेसम्म चुक्ता पुुँजी नपुर्याउने फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कारबाही गर्ने जानकारी गराइसकेको छ ।

‘कम्तीमा क्षेत्रीय स्तरका विकास बैंकलाई एक्विजिसन गर्न सक्ने व्यवस्था मात्र भइदिए पनि फाइनान्स कम्पनीको संख्या यति धेरै घट्ने थिएन,’ उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याएका फाइनान्स कम्पनी हराउने स्थिति आएको छ ।’ 

केन्द्रीय बैंकले तोकेको मापदण्डअनुसार चुक्ता पुुँजी बढाउन नसकेका फाइनान्स कम्पनीले मर्जर वा एक्विजिसको बाटो रोजिसकेका छन् । धेरैजसो फाइनान्स कम्पनीलाई वाणिज्य बैंक र विकास बैंकले किनिसकेका छन् । केही किन्ने अन्तिम तयारीमा छन् । 

एक्विजिसनमा गएपछि फाइनान्सको उद्धार पनि हुने र बैंकको चुक्ता पुुँजी पनि बढ्ने हुनाले दुवै पक्षले जित्ने भएकाले एक्विजिसनको बाटो अपनाएको केन्द्रीय बैंकको भनाइ छ । 

वाणिज्य बैंक आठ अर्ब रुपैयाँ चुक्ता पुुँजी पुर्याउने योजनामा लागेका छन् । एक्विजिसन वा मर्जरले चुक्ता पुुँजी पु¥याउन पनि बैंकहरुलाई सहज भएको छ । शाखा विस्तारमा पनि सहज हुने र वित्तीय पहुँच पुग्ने भएकाले बैंक तथा वित्तीय संस्था एक्विजिसन वा मर्जरमा गएको विज्ञ बताउँछन् । 

चुक्ता पुुँजी पु¥याउन नसकेका फाइनान्स कम्पनी बैंकसँग एक्विजिसनमा जाँदा फाइनान्सको सेयर वाणिज्य बैंकमा रुपान्तरण हुने, लाभांश र सेयर मूल्य बढ्ने भएकाले पनि वाणिज्य बैंकमा जान रुचाउने गरेका छन् । चुक्ता पुुँजी पु¥याउन नसकेका प्रायः फाइनान्स कम्पनीका प्रतिसेयर मूल्य सय रुपैयाँ हाराहारी छ । अहिले औसतमा हेर्ने हो भने वाणिज्य बैंकको प्रतिसेयर मूल्य चार सय रुपयाँ हाराहारी छ । ‘फाइनान्स कम्पनीको प्रतिसेयर मूल्य २५ रुपैयाँ मै वाणिज्य बैंकले किन्दा पनि प्रतिसेयर एक सय रुपैयाँ आउँछ,’ एक विज्ञले भने, ‘यसरी वाणिज्य बैंकले किन्दा पनि फाइनान्स कम्पनीलाई बेफाइदा हुँदैन ।’ 

चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर पनि चुक्ता पुुँजी पुर्याउन नसक्ने फाइनान्स कम्पनीको पहिलो प्रथमिकता वाणिज्य बैंकसँग एक्विजिसनमा जाने हो । वाणिज्य बैंकसँग एक्विजिसनमा जान नसकेमात्र विकास बैंक वा फाइनान्स कम्पनीसँग मर्जर वा एक्विजिसनमा जाने मनस्थिति बनाएको विज्ञ बताउँछन् । केही फाइनान्सले भने चालु आवको नाफाबाट चुक्ता पुुँजी ८० करोड पु¥याउने तयारी गरेका छन् ।

राष्ट्र बैंकले राष्ट्रियस्तरका फाइनान्स कम्पनीकोे चुक्ता पुुँजी ८० करोड रुपैयाँ पुर्याउन निर्देशन दिइसकेको छ । 

समस्याग्रस्त अवस्थामा रहेका फाइनान्स कम्पनीलाई नयाँ लगानीकर्ताले खरिद गरेर सञ्चालन गर्दैछन् । समस्याग्रस्त अवस्थामा रहेका फाइनान्स कम्पनीको पनि चुक्ता पुुँजी पुगेको छैन । उनीहरुले पनि मर्जर वा हकप्रद सेयर जारी गरेर चुक्ता पुुँजी पुर्याउँदैछन् ।

राष्ट्र बैंकले तोकिएको समयमा नै चुक्ता पुुँजी पुर्याउन बारम्बार ताकेता गरेको छ । नपुर्याएका फाइनान्स कम्पनीलाई समयमा पुँजी पुर्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले तोकेको समयमा चुक्ता पुुँजी नपुर्याउने फाइनान्स कम्पनीलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

बोनस, हकप्रद, मर्ज वा एक्विजिसन र नयाँ लगानीकर्ता भिर्याएर भए पनि चुक्ता पुँजी पुर्याउँदै छन् । 

स्रोत: http://www.nagariknews.com/news/22809/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More