कारोबार आर्थिक दैनिक, १४ भाद्र २०७४
किसानको जीवनस्तर सुधार गर्न विभिन्न जिल्लामा ‘किसान–२ परियोजना’ सुरु गरिएको छ । यूएसएआईडीको प्राविधिक सहयोगमा विभिन्न १४ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो ।
उत्पादन बढाउन यसअघि नै सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि त्यसलाई थप विस्तार गरिएको हो । यसअघि सुदूरपश्चिका ६, मध्यपश्चिमका ६ र पश्चिमाञ्चलका ४ जिल्लामा कार्यक्रम सञ्चालन गरिएकोमा अब सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काभ्रेमा पनि यो कार्यक्रम सञ्चालन गरिने भएको हो । बालीदेखि थाली अवधारणा अनुसार ग्रामीण कृषकको आयस्तर सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको यूएसएआईले जानकारी दिएको छ ।
किसान परियोजनाअन्तर्गत मकै, दाल र तरकारीको उत्पादकत्व वृद्धिमा विशेष जोड दिइएको छ । किसान, टे«डर्स, एग्रोभेटलाई उत्पादन, बजारीकरणका बारेमा तालिम दिइने छ । यो परियोजना पाँच वर्षका लागि सञ्चालन गरिनेछ ।
यसअघि एक हजार किसानलाई समावेश गरिएको कार्यक्रम बढाएर तीन हजारमा पु¥याइएको छ । अमेरिकी राजदूतावासकी प्रवक्ता एण्डी आरमेन्टले पहिलो चरणमा सञ्चालन गरिएको किसान परियोजना सफल भएपछि थप विस्तार गरिएको जानकारी दिइन् ।
परियोजनाले स्थानीय कृषि उत्पादन वृद्धिसँगै बजारीकरणमा जोड दिइएको उनको भनाई छ । किसानलाई तालिमसँगै उत्पादनलाई कसरी बजारीकरण गर्ने विषयमा सम्बन्धित निकायलाई समेत नयाँ प्रविधिका बारेमा जानकारी गराइने उनले बताइन् ।
मंगलबार किसान–२ परियोजनाका बारेमा सरोकारवाला निकायबीच छलफल गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले यो कार्यक्रमले कृषिको उत्पादनसँगै बजारीकरणमा टेवा पु¥याउने बताए ।
महिला उद्यमी महासंघ नेपालका कार्यकारी सदस्य बसन्ती प्रधानले मुलुकमा पुष्प व्यवसायको धेरै सम्भावना भएकाले यसलाई विस्तार गर्दै जानुपर्ने धारणा राखिन् ।
स्रोत:
https://www.karobardaily.com/news/81923