‘नयाँ आर्थिक प्याकेजबिनाको बजेट ल्याउँदा हुन्छ’

May 23, 2017

Karobar Daily, 23rd May 2017, Kathmandu

 राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्सेर राणाले देशको नियमित आर्थिक गतिविधिलाई निरन्तरता दिन नयाँ प्याकेजबिनाको बजेट ल्याउँदा फरक नपर्ने बताएका छन् । 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले देशको समृद्धिका लागि पनि बजेट आउनुपर्नेमा जोड दिएका छन् । 

‘सरकारले नयाँ खालको कुनै आर्थिक प्याकेज ल्याउनु हुँदैन’, उनले भने, ‘देशको नियमिति हरेक गतिविधिका लागि आवश्यक पर्ने भएकाले बजेट ल्याउनु जरुरी छ ।’

फरक प्रसङ्गमा राणाले स्थानीय तहको निर्वाचनसँगै सरकारले दोस्रो चरणको निर्वाचनका लागी विभिन्न चुनौतीको सामना गर्नुपर्ने बताए । 

संविधान संशोधन गरेर मात्रै मधेसको समस्या समाधान हुने बताउँदै उनले निर्वाचन असम्भव रहेकाले सरकारले विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने पनि बताएका छन् ।

राणाले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जाँदा राप्रपाले लज्जास्पद हार भोग्नुपरको जिकिर गरे ।

‘स्थानीय निर्वाचनमा चुनाव परिचालनको तरिका मिलेन’, उनले भने, ‘ राप्रपालाई अन्तर्घात हुनाले पनि निर्वाचनमो लज्जास्पद पराजय भोग्नुपरेको हो ।’

आफूले राप्रपा छाडेर अर्को पार्टी खोल्न लागेको विषय सामाजिक सञ्जालको हल्ला मात्र भएको उनले प्रस्ट पारे । वरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले आफ्नो सहभागिता जनाउने पनि उल्लेख गरे । 

उनले तराई मधेसमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा पनि राप्रपाले सरकारलाई सहयोग गर्ने र आफू पनि निर्वाचनमा सहभागी हुने जानकारी दिए ।

नेता राणाले आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउनुपर्ने बताउँदै उनले देशमा तत्कालै संसदीय निर्वाचन पनि आवश्यक रहेको धारणा राखे ।

Source: http://www.karobardaily.com/news/78796

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More