News

PRESS RELEASE: Bikas Udhyami launches “Nepal in Data”: A Gateway to Development Statistics on Nepal

January 27, 2017

प्रेस विज्ञप्ति: विकास उद्यमीको नेपाल विकास तथ्यांक द्वार; ‘Nepal in Data’ वेबसाईट सार्वजनिक

माघ १४¸ २०७३- हालै स्थापना भएको विकास उद्यमी संस्थाले आजबाट नेपाल ईन डाटा “Nepal in Data नामक वेबसाईट सार्वजनिक गरेको छ । यो वेबसाईट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धि विविध तथ्यांकलाई पहुँचयोग्य बनाई बुझ्न सरल र खोज्न र तुलना गर्न सजिलो हुनेगरि एकै स्थानमा राखिएको आयोजकले जनाएको छ । योजना आयोगका सदस्य माननीय डा. स्वर्णीम वाग्लेले पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच औपचारिक रुपमा यसको सार्वजनिक गर्नुभएको हो । उक्त कार्यक्रममा केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमन राज अर्यालको पनि उपस्थिती थियो । उक्त वेबसाईट www.nepalindata.com मा गएर हेर्न सकिन्छ ।

प्रयोगकर्तालाई एकैठाँउबाट सबै डाटा र तथ्यांक उपलब्ध गराई¸ डाटासँग सम्बन्ध छलफल र सूचकहरुको तुलनात्मक अध्ययन गर्ने वातावरण बनाउनु www.nepalindata.com वेबसाईको प्रमुख उदेश्य हो । यसमा भएका कृषि तथा उद्योग¸ समाज र मानव विकास¸ राज्य र राजनीति¸ पूर्वाधार¸ संचार र प्रविधि¸ नागरिक समाज¸ वैदेशिक सहायता¸ अर्थतन्त्र¸ बजार र वित्त¸ दिगो विकास लक्ष जस्ता विविध १२ विधाका ४०० भन्दा धेरै डाटासेटले त्यसलाई सहज बनाउँछन् । प्रयोगकर्ताले ४०० बढि सूचकहरुलाई छानेर हेर्न तथा आपसमा तुलना गर्न सक्ने र साथै छानेका डाटा सूचकहरुलाई टेबल¸ चार्ट तथा नक्साको स्वरुपमा हेर्न¸ डाउनलोड गरेर राख्न तथा प्रिन्ट गर्न पनि मिल्ने आयोजकको भनाई छ । सूचकहरुको वरपर रहेर तयार गरिएको छलफल समुह (Discussion Forum) ले प्रयोगकर्तालाई आफुले चाहेको डाटासमुहबारे छलफल सुरु गर्न तथा सहभागी हुन अवसर पनि प्रदान गर्छ । यसमा भएको कम्युनिटी सेक्सनमा पछिल्ला समाचारहरु पढ्न¸ डाटा र तथ्यांकको प्रयोग र विश्लेषण गर्न सहयोग गर्ने स्रोतहरु बारे जान्न¸ र पोर्टलमा प्राप्त भएका विकाससँग सम्बन्धि डाटाहरु कसरी प्रयोग गर्ने भन्ने बारेमा अभ्यास पनि गर्न पाईन्छ । वेबसाईटमा अन्तर्कृयात्मक टाईमलाईन (Interactive Timeline) पनि छ जसमा १९५० देखि अहिलेसम्म घटेका नेपालको विकास कालखण्डका मुख्य-मुख्य घटनाहरुबारे हेर्न सकिन्छ ।  

डाटा र तथ्यांकलाई उपलब्ध गराई सबैको सरल पहुँचमा पुर्याउँने मात्र नभई नेपाल ईन डाटाले नेपाल सरकारलाई विकास सम्बद्ध मुद्धाहरुको सम्बोधनको लागि प्रमाणमा आधारित नीति निर्माण तथा निर्णय तहमा सहयोग पुर्याउने लक्ष लिएको छ । यसले आम जनतालाई सार्वजनिक मामिलामा सहभागीता जनाउन आवश्यक पर्ने सूचनाको पहुँच दिई भएका विकास कार्यहरुलाई नतिजाको आधारमा जाँच मुल्यांकन गर्न प्रोत्साहन र सहयोग पुर्याउँछ । त्यस्तै नागरिक समाज र अन्य विकास एजेन्सीहरुलाई विकास सँग सम्बन्धित कार्यक्रमहरुबारे सूचना दिँदा डाटाको प्रयोग गर्न सहजिकरण पनि गर्छ । यसका साथै यो वेबसाईटले नेपालका निजी क्षेत्रहरुलाई व्यवसाय र लगानी सम्बन्धि निर्णयहरु सूचनामैत्री बनाउन सहयोग गर्ने अपेक्षा लिएको छ । पोर्टलमा उपलब्ध डाटा र तथ्यांकहरुले विद्यार्थी¸ रिसर्च ईन्स्टिच्युसन¸ र मिडियाहरुलाई विकास सम्बन्धि मुद्धाहरुमा रिपोर्टिङ¸ रिसर्च र विश्लेषणको लागि सहयोग पुर्याउने र जसको कारणले विकासको क्षेत्रमा संलग्न पक्षहरुलाई नेपालको विकासका समस्याको पहिचान गर्न र चुनौतिहरुलाई सामना गर्न सहयोग पुग्ने विकास उद्यमीको विश्वास छ ।

नेपाल ईन डाटामा भएका डाटा र तथ्यांकहरु सरकारले सार्वजनिक गरेका वेबसाईट¸ प्रकाशन तथा रिपोर्टहरुबाट संग्रह गरिएका हुन् । आगामी दिनमा अझै धेरै डाटासेट¸ तथ्यांक¸ ऐतिहासिक घटनाहरुबारे जानकारी थप्ने तथा डाटा प्रक्षेपण जस्ता नयाँ विशेषताहरुलाई स्थान दिने योजना रहेको छ । यतिमात्र नभई डाटाको अर्थपूर्ण प्रयोग गर्ने क्षमता बढाउनको लागि विभिन्न तहमा डाटा डाटा शिक्षा कार्यक्रमहरु संचालन गरिने योजना आयोजकको छ ।

विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलहरु संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरुले फरक तरिकाले विकास गर्नको लागि उद्यमशील सोचहरु साटासाट गर्छन् । नेपालमा सकारात्मक परिवर्तन प्राप्त गर्नको लागि भएका र बढ्दै गरेका चुनौतिहरुको सामना गर्न नवीन र स्मार्ट समाधानका बाटो खोजी फरक ढंगबाट विकासको डिस्कोर्स/छलफलमा युवाहरुलाई सहभागी गराउने यसको लक्ष रहेको छ ।

नेपाल ईन डाटा वेबसाईट खोल्न: www.nepalindata.com

विकास उद्यमीको कामबारे जानकारी लिन: www.bikasudhyami.com


PRESS RELEASE: Bikas Udhyami launches “Nepal in Data”: A Gateway to Development Statistics on Nepal

January 27, 2017- Bikas Udhyami, a newly established social innovation hub, today launched “Nepal in Data, an open data and statistics portal, which makes development data on Nepal from 1950 to present available, accessible and discoverable. The launch was attended y Chief Guest and Honorable Member of the National Planning Commission, Dr. Swarnim Waglé, and Director General of the Central Bureau of Statistics, Suman Raj Aryal.

The www.nepalindata.com portal aims to serve as a single point of access from where users can access, interact with, compare and use data and statistics relating to different aspects of Nepal’s development.

The portal provides access to more than 400 datasets, spread over 12 sections covering various sectors including agriculture and land, social and human development, state and politics, infrastructure communication and technology, civil society and foreign aid, economy, market and finance, state and politics, the sustainable development goals, etc. Users can choose from more than 400 indicators and compare different indicators with each other. The portal allows users to interact and visualize their data selection in tabular, chart and map format and download and print data. In addition, a discussion forum structured around specific indicators allows users to initiate or join discussions on specific datasets. A community section provides access to the latest news, resources to support the analysis and use of data and statistics, and practices on how development data and statistics provided through Nepal in Data are used in reality. An interactive timeline displays major events in Nepal’s development trajectory from 1950 till present.

By making data available and accessible for others to use, the Nepal in Data portal seeks to support government in using data for evidence based policy making and decision-making on development issues. The portal also aims to provide the general public with access to information to facilitate citizen participation in public affairs and to allow them to monitor progress towards development outcomes. The portal facilitates the use of data by civil society and development agencies to inform their development programming. In addition, by providing information on key sectors, the portal also hopes to support the private sector to make more informed business and investment decisions. The data provided on the portal will also assist students, research institutions and media in using data for analysis, research and reporting and will enable developers to use data to build solutions for Nepal’s development challenges.

The data on the Nepal in Data portal has been collected from a wide range of publically available government sources including Government of Nepal websites, publications and reports. Going forward, the data portal will be expanded further to include more datasets, statistics and historical events and features such as projections. Furthermore, activities will be undertaken enhance data literacy by building capacity to use and analyze data, developing infographics and working with stakeholders to address specific data needs so that they can understand and use data and statistics in meaningful ways in their work and lives.  

Bikas Udhyami is a social innovation hub led by young Nepali professionals from different backgrounds, who share an entrepreneurial spirit when it comes to seeking ways to do development differently. Its vision is a Nepal in which young Nepali are actively engaged in shaping the development discourse through the identification of innovative and smart solutions to existing and emerging challenges in order to achieve positive change.

Visit Nepal in Data: www.nepalindata.com

Find out more about Bikas Udhyami’s work: www.bikasudhyami.com