सरकारले नियोजित रुपमै ४१ अर्ब पाम तेल निर्यातलाई १ अर्बमा खुम्च्यायो

March 31, 2025

पदम भुजेल शुक्रबार, चैत १५, २०८१

काठमाडौं। एकै वर्ष ४१ अर्बभन्दा बढीको निर्यात हुने पाम तेल हालका दिनमा निकै संकुचित अवस्थामा पुगेको छ। नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूको सूचीमा पर्ने पाम तेल चालु आर्थिक वर्ष भने नगन्य मात्रामा मात्रै बाहिरिएको हो।

आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा नेपालबाट कुल ४१ अर्ब ६ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो। यद्यपि, यसको अघिल्लो वर्ष (२०७७/७८) मा भने भारतले प्रतिबन्ध लगाएका कारण ९ लाख ८७ हजार रुपैयाँ बराबरको मात्रै पाम तेल निर्यात भएको थियो।

२०७८/७९ मा ४१ अर्बको निर्यात भएपछि त्यसयताका हरेक वर्षमा पाम तेल बाहिरिने क्रम निरन्तर संकुचित बन्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आधाले खुम्चिँदै आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ५० करोड र गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको देखिन्छ।

चालू आर्थिक वर्ष पाम तेल निर्यात झनै खुम्चिने स्थितिमा देखिन्छ। चालू आर्थिक वर्ष २०८१/८२ फागुनसम्ममा (८ महिनामा) कुल १ अर्ब ६४ करोड रुपैयाँ बराबरको मात्रै पाम तेल निर्यात भएको भन्सार विभागको तथ्यांक छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा भने हालको तुलनामा करिब ३ अर्ब बढी अर्थात् ४ अर्ब ६३ करोडको निर्यात भएको थियो।

कच्चा आयात गरी प्रशोधन गर्दै हुने पाम तेल निर्यातले सरकारको आम्दानीमा भूमिका खेल्दै आए पनि हाल भने यसको अवस्था निकै नाजुक बन्दै गएको देखिन्छ। 

यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/८० को आठ महिनामा नेपालबाट १५ अर्ब १८ करोडको र आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा ३५ अर्ब ३३ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो। विशेषगरी नेपालबाट छिमेकी मुलुक भारतमा पाम तेल निर्यात हुँदै आएको छ। 

पछिल्लो आठ वर्षको पाम तेल निर्यात स्थिति


Photo012-1743070565.png

यद्यपि, भारतमा निर्यात गर्ने पाम तेल नेपालमै उत्पादन भएको होइन। नेपालले इण्डोनोसिया, थाइल्याण्ड मलेसिया, फिलिपिन्सलगायतका देशबाट कच्चा पाम तेल आयात गरेर प्रशोधन गरी निर्यात गर्ने गर्दछ।

कच्चा आयात गरी प्रशोधन गर्दै हुने पाम तेल निर्यातले सरकारको आम्दानीमा भूमिका खेल्दै आए पनि हाल भने यसको अवस्था निकै नाजुक बन्दै गएको देखिन्छ। 

किन धरासयी बन्यो पाम तेल व्यापार? 

खासगरी, नेपाल सरकार र उद्योगीबीचमा पाम तेल प्युरिफिकेसन र क्रुड के मान्ने भन्ने विवादले समस्या पैदा भएको छ। सरकारले पाम आयल एक चरणको प्युरिफिकेसन वा रिफाइनिङ गरिसकेको हुँदा यसलाई क्रुड मान्न नसकिने बताउँदै आएको छ। भन्सार कार्यालय पाम तेलको कच्चा पदार्थको हार्मोनाइज्ड कोड १५११.१०.०० बाट जाँचपास नगर्ने अडानमा छ। 

यस सामग्रीलाई तयारी वस्तुको हार्मोनाइज्ड कोड १५११.९०.२० मा मात्र छाड्नु  पर्ने तर्क कार्यालयको हो। तर, यो विषय उच्च अदालत पुगेपछि कच्चा पदार्थकै हार्मोनाइज्ड कोड १५११.१०.०० मा छाड्न अन्तरिम आदेश जारी भयो। जसअनुसार उक्त कन्साइनमेन्ट मात्र कच्चा पदार्थको कोडमा छुट्यो। उक्त आदेशपछि कच्चा पामोलिनका नाममा ल्याएको सामग्री भने तयारी वस्तुको हार्मोनाइज्ड कोड १५११.९०.२० बाटै छुटिरहेको छ। 

यद्यपि, तयारी वस्तुको कोडमा जाँचपास भएको सामग्रीबाट प्रशोधित र उत्पादित वस्तु फेरि त्यही कोडबाट निर्यात हुन नपाउने व्यवस्था छ। यसरी, मुख्य कच्चा पदार्थ नै तयारी वस्तुको कोडमा आयात भएपछि पामतेलको निर्यातमा जटिलता देखिएको छ। सरकारले कुनै कुरा गुमाउने ठाउँ नहुँदा नहुँदै पनि अड्को थापेर पाम तेल निर्यातमा समस्या पैदा गरेको उद्योगि बताउँछन्। 

बरु यसमा समस्या पैदा गर्दा भ्यालू एडिसनमार्फत् ब्यालेन्स अफ पेमेन्टमा पर्ने थप सुविधा रोकिएको उनको तर्क छ।

‘हामीले आयात गर्ने पाम तेलको कच्चा पदार्थलाई सरकारले औद्योगिक कच्चा पदार्थ भए पनि सेमि प्रोसेस्ट रहेको भन्दै आएको छ। तर, यसले सरकारले प्राप्त गर्ने राजस्वमा कुनै फरक पर्नेवाला छैन,’ एक उद्योगिले क्यापिटल नेपालसँग भने, ‘किनभने, हामीले निर्यात गर्दा बैंक ग्यारेन्टीमा फुकुवा गरेर ल्याउने हो। राजस्वको एक रुपैयाँ नोक्सान नहुने भए पनि सरकारले अड्को थापेको छ।’

बरु यसमा समस्या पैदा गर्दा भ्यालू एडिसनमार्फत् ब्यालेन्स अफ पेमेन्टमा पर्ने थप सुविधा रोकिएको उनको तर्क छ। उद्योगीले ल्याएर प्रोसेस गर्ने भए पनि सरकारले भने पूरै क्रुड नभएको बताउँदै आएको र यसका विरुद्धमा केही उद्योगी अदालत पुगेको उनले बताए। 

तर, उद्योगीले प्युरिफिकेसन र क्रुडका विषय स्पष्ट नहुँदा पाम तेल निर्यात खुम्चिएको बताए पनि भन्सार विभाग भने भारतले आयातमा लिएको नीतिका कारण निर्यातमा संकुचन आएको बताउँछ। ‘प्युरिफिकेसन र क्रुडको विषय पहिलाको हो जुन समाधान भइसकेको छ। यसका कारण पाम निर्यातमा कमि आएको होइन,’ विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले भने, ‘भारतले पाम आयल आयातमा लिएको नीतिका कारण व्यापार खुम्चिएको हो।’

उनले पाम तेल आयातमा रहेको प्युरिफिकेसन र क्रुडको समस्या समाधान भइसकेकाले निर्यातमा कमि आउनुको कारण सो नभएको बताए। कनेपालको निर्यातमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाम तेल व्यापार भने निकै अस्थिर रहँदै आएको छ। कहिले भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाउने, कहिले इन्डोनोसियाहरुले नै निर्यात रोक्ने कारणले गर्दा कुनै समय धेरैको निर्यात हुने कुनै समय हुँदै नहुने हुन्छ। 

चालू र गत आर्थिक वर्षको आठ महिनामा नेपालबाट भएको पाम तेल निर्यात

484871216_1911657089637693_4810193112758024985_n-1743073936.png
 

पाम एक प्रकारको वनस्पतिजन्य तेल हो जुन अफ्रिकी मुलुकमा उत्पत्ति भएको  मानिएपनि हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुने गर्दछ। एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ। 

सूर्यमूखी र सोयाबिन तेलजस्तै गरी पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा ब्यापक रहेको पाइन्छ। 

 यस्तो तेल कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ। तर, यो तेलको उत्पादन विश्वका ४२ देशमा पनि हुने जनाइएको छ। सूर्यमूखी र सोयाबिन तेलजस्तै गरी पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा ब्यापक रहेको पाइन्छ। 

कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम आयल उपयोगी हुने गर्छ। पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन अत्यधिक प्रयोग हुन्छ। 

विश्वको कुल वनस्पतीजन्य तेल मागको ३५ प्रतिशत हिस्सा कुल १० प्रतिशत जमिनबाटै पाम आयलले गरिरहेको बताइन्छ। नेपालमा विभिन्न खाद्य तेल उत्पादक कम्पनीहरुले आयात गरेर पाम तेल भारतमा निर्यात गर्दै आएका छन्। 

स्रोत: https://www.capitalnepal.com/detail/58305 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More